श्रोत र साधनलाई सहीरुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो: वरिष्ठ उपाध्यक्ष ढकाल

  २०७७ माघ २५ गते १६:२१     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् ।

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र सम्मृद्धिको यात्रामा पछाडि परेको बताएका हुन् ।

“हामीसँग प्रसस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरु छन् । यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौ । यी उपलब्ध श्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र सम्मृद्धि असम्भव छैन । यसकालागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने ।

कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पुरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने पनि बताए ।

“हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पुरा गनेर्छौं । तपाईहरुलाई भोगेका समस्याहरुको समाधानकालागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ,” उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.