फ्रन्ट डेस्कमा खटिएका बैंकर खोप लगाउने बेलामा फ्रन्ट लिस्टमा किन परेनन् प्रधानमन्त्रीज्यू ?

  २०७७ माघ २३ गते १२:४५     सुशिल घिमिरे ‘त्रैलोक्य’

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ।

हजुर हाम्रो देशको नव निर्वाचित प्रधानमन्त्री, लाखौं नेपालीले भोट दिएर हजुर र हजुरको पार्टिलाई जिताएको सर्वविदितै छ । जहाँसम्म मेरो कुरा छ मैले भोट दिएँ वा दिइनँ त्यो मैले खुला रुपमा नभनी एउटा नागरिकको हैसियतले गोपनीयता कायम राख्न चाहेँ ।

तर, जे होस्, लाखौं नेपालीले हजुर र हजुरको पार्टीलाई रुचाएकोमा कुनै दुईमत भने छैन ।

चीनको बुहानबाट सुरु भई युरोप हुँदै नेपालमा पनि कोभिड–१९ को प्रभाव परेको कुरा सर्वविदितै छ । तपाईंले कोभिड–१९ विरुद्घ आफू र आफ्नो देशको श्रम साधन जे–जस्तो छ, त्यसैवाट देश र जनतालाई सक्दो बचाउने प्रयास गर्नुभयो । यसमा म एउटा आम नागरिकको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू, कोभिड–१९ विरुद्घ जनतालाई सुरक्षित बनाउने क्रममा देशमा धेरै महिनासम्म लकडाउन भएको कुरा पनि हजुरलाई थाहै छ । विगतमा देशका अति आवश्यकीय सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु ठप्प भए । जनता रहे देश रहन्छ, देश रहे अर्थतन्त्र रहन्छ भन्ने उद्देश्यले सवै जनताले हजुरलाई साथ दिएको कुरामा कुनै दुईमत नहोला ।

म एउटा दुर्गम जिल्लाको सानो गाउँको साधारण नागरिक, हजुरले घरभाडाका सन्दर्भमा जारी गरे जसरी नै मैले पनि घरबेटीको नाताले मेरा भाढावालालाई तिन महिनाको भाढामा छुट दिएर सहयोग गरेको छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अस्ति भर्खर छिमेकी देश भारतबाट करिब १० लाख कोभिड–१९ विरुद्घको खोप नेपालमा भित्रिएछ । र, पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई दिइएछ । अब क्रमशः भन्सार कर्मचारी, सुरक्षा निकायका मानिस अनि सरसफाइका कर्मचारीहरुलाई पनि लागाइँदै छ रे ।

तर, मलाई भने एउटा आम नागरिकको हैसियतले डर लागेर आयो । सम्माननीय प्रधानमन्त्रीज्यू, अति आवश्यकीय सेवा भनेर तोकिएको बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने करिब एक लाख नेपाली दाजुभाइ दिदिबहिनी, जसवाट हामीले त्यत्रो जोखिमका वेला पनि निरन्तर रुपमा सेवा पाइरह्यौं, कतै यिनिहरु कोभिड–१९ विरुद्घको खोप लगाउन राज्यबाट छुट्ने त होइनन् ?

लकडाउनका वेला अति आवश्यकीय सेवा भन्दै यिनीहरुलाई फ्रन्टडेस्कमा राख्दै काम गर्न लगाइयो, तर खोप लगाउने वेलामा किन फ्रन्ट लिस्टमा पर्न नसकेका होलान् प्रधानमन्त्रीज्यू ? उनीहरुले खोप लगाउने पालो कहिले आउँछ होला प्रधानमन्त्रीज्यू ?

सम्माननीय प्रधानमन्त्रीज्यू, म त आम नागरिक हूँ । त्यसैले बरु खोप पनि अलि पछि नै लगाउँला । तर, अर्बौं रुपैयाँको अर्थतन्त्र सम्हाल्दै आएका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई चाँडोभन्दा चाँडो खोप लगाइदिनुपर्यो भन्ने हजुरलाई मेरो आग्रह हो । हेला नगरियोस्, अन्यथा ढिलो गरे भोलि कुनैपनि बुबाआमाहरुले दशैंको टिका लगाइदिँदै आर्शिवाद दिँदा ‘बरु अर्थोक जेसुकै बनेस् तर बैंकर चाहिँ झुक्किएर पनि नबनेस्’ भन्न थाले भने के होला त भोलि देशको अर्थतन्त्र अनि हजुरको समृद्ध नेपाल – सुखी नेपालीको सपना ?

4 comments on "फ्रन्ट डेस्कमा खटिएका बैंकर खोप लगाउने बेलामा फ्रन्ट लिस्टमा किन परेनन् प्रधानमन्त्रीज्यू ?"

  • कामना says:

    कहिँले ऑऊछ, सम्मामनीय प्रधानमंत्री ज्यू, हाम्रो पालो?

  • Suresh says:

    Bujheko kei chaina…kna nadiyeko re???? dear govt . dunus sab banker lai……..kati jana le lagauchan herum????…

  • Sabin Gauchan says:

    Super

  • प्रकाश घिमिरे- हरि says:

    अत्यावश्यक सेवामा खटिने बैंकर मात्र हैन धेरै नै बाँकी छन् । वृद्ध-वृद्धाहरु पनि बाँकी छन् । दोश्रो चरणमा पालो आयो रे लेखक महोदय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.