आयाेडिन नुनकाे महत्व बुझाउन १ महिने कार्यक्रम चलाइने

  २०७७ माघ १९ गते १७:१५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउने भएको छ ।

आयोडिनयूक्त नून सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेआयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले मन्त्रालयले एक महिनाभर साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँगकाे सहकार्यमा आयोडिन महिना मनाउन लागेको हो ।

यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको भएको कारण नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।

आयोडिन मािनसलाई शारिरिक प्रक्रियाहरु संचालन गर्न तथा विकास गर्नको लागि आवश्यक पर्ने एउटा खनिज तत्व हाे । याे मानिसलाई दैनिक रुपमा थाेरै मात्रामा चाहिने तर नभइ नहुने पाेषक तत्व हाे । यसकाे कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबल गोइटर सन १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन ।

सरकारले २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।अतः यस उपलब्धीलाई जोगाई राख्न सम्वन्धित सवै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ ।

यस वर्ष कोभिड १९ का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघसंस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गर्ने जनाएकाे छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्गले जनाएको छ ।

सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिङ्गलाई देशभर आयोडिनयूक्त नूनको आपूर्तिकोे जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्गले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.