नर्भिकमा मुटुको नशाको बिना शल्यक्रिया उपचार सुरु, नेपालमै पहिलाे

  २०७७ माघ १४ गते १७:४१     विकासन्युज

काठमाडाैं । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिना चिरफार नेपालमै पहिलाेपटक उपचार भएकाे छ । याेसँगैं नेपालमा यस अवस्थाकाे पनि उपचार सुरु भएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टिमले यूरोप/अमेरिकामा मात्र संम्भव प्रविधि प्रयोग गरी यस्ताे अवस्थामा रहेका एक ८० वर्षिया बिरामीको सफल उपचार गरेकाे हाे ।

भट्ट नेतृत्वको टिमले अधिक क्याल्सियमका कारण बन्द भएको मुटुको नशा बिनाचिरफार खुलाउने विशेष खालको शल्यक्रिया गरेका हुन् । यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक भएको हो । डा. भट्टको टिमले अल्ट्रासाउण्डिङ वेभको साहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर उपचार गरेका हुन् ।

नेपालमा मुटुको नशा च्यापिँदा त्यसलाई खोलेर स्टेन राख्ने प्रविधि अर्थात एन्जियोप्लाष्टीको उपचार समेत डा. भट्टले नै सुरुवात गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.