नेपाल इन्स्योरेन्सले घोषणा गर्यो ५ वर्ष यताकै उच्च लाभांश

  २०७७ माघ ९ गते १२:१७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो ५ वर्ष यताकै उच्च लाभांशदर हो ।

माघ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र २ प्रतिशत नगद(कर समेत) गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई बीमाले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २४ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश गत ५ वर्ष यताकै उच्च लाभांशदर हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७.८९ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र २.८९ प्रतिशत नगद) वितरण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को नाफाबाट ७.५ प्रतिशत लाभांश (बोनस मात्रै) वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीले ४.५२ प्रतिशत बोनस, आर्थिक वर्ष २०७२/७३ नाफाबाट ५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७०/७१ बाट ९.४७ प्रतिशत लाभांश पाएका थिए ।

आर्थिक वर्ष २०६८/६९ को नाफाबाट भने कम्पनीले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.