महिला सहयात्रा लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

  २०७७ माघ ८ गते १०:१२     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा बराबर हो तर कुल लाभांश भने कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा बोनस १० प्रतिशत र नगद ७.५ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.