सरल भुक्तानीका लागी ‘कर्पोरेट पे’

  २०७७ माघ २ गते १६:०९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकलाई लक्षित गर्दै ‘कर्पोरेट पे’ को सूरुवात भएको छ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले यो प्रणालीको सूरुवात गरेको हो ।  अब चेक बोकेर बैंकको शाखा धाउनु पर्ने छैन । ‘कर्पोरेट पे’ मार्फत रकम विद्युतीय भुक्तानी गर्न सकिनेछ ।

यस प्रणालीको औपचारिक सूरुवात नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । चेक बोकेर बैंकको शाखा धाउनु पर्ने बाध्यता हटेको छ । एनसीएचएलका अध्यक्ष नरेश शाक्यले भने । व्यवसायीक ग्राहकलाई ‘कर्पोरेट पे’ मा आबद्ध गरेपछि बैंक तथा वित्तीय संस्थाले विभिन्न विद्युतीय कारोबार गर्न सक्नेछन् । यस प्रणालीको प्रयोगले बैंकको सञ्चालन खर्च घट्ने र डिजिटल कारोबार बढ्ने विश्वास गरिएको छ । ‘कर्पोरेट पे’ प्रयोग गर्दा थप शुल्क लाग्ने छैन ।

यसमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकले फण्ड ट्रान्सफर, कर्मचारीको तलब, कर तथा राजस्व भुक्तानी लगायत ठूलो रकम भुक्तानी गर्न ‘कर्पोरेट पे’ भरपर्दो माध्यम बन्दैछ । एनसीएचएलका सिइओ निलेसमान सिंह प्रधानका अनुसार यस प्रणालीमार्फत १ करोड रुपैंयाँदेखी २० करोड रुपैंयाँसम्मको कारोबर गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.