अब चेक काटेर कारोबार गर्ने दिन गए: गभर्नर अधिकारी

  २०७७ माघ १ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब डिजिटल भुक्तानीलाई बढवा दिनु पर्ने बताएका छन् ।

बिहीबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को ‘कर्पोरेट पे’ को औपचारिक शुरुवात कार्यक्रममा बोल्दै उनले अब सम्पूर्ण कारोबार र्दा नगद भन्दा पनि डिजिटललाई नै प्राथमिकता दिनु पर्ने बताएका हुन् ।

उनले विगतमा नगदको कारोबार कम गर्दै चेकको कारोबार बढाउन एनसीएचएल खोलिएको बताउँदै अब चेकको कारोबार पनि कम गरेर डिजिटल भुक्तानीमा जोड दिनु पर्ने धारणा राखेका हुन् ।

‘अब चेक भन्दा पनि डिजिटल कारोबार बढाउनु पर्छ, यसको नेतृत्व एनसीएचएलले नै लिनु पर्छ,’ उनले भने ।

एनसीएचएल स्थापनाको आफुहरुसँग तितो अनुभव रहेको सुनाउँदै उनले अब चेकलाई कम प्राथमिकता दिएर डिजिटल्ली अगाडि बढ्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.