प्राइम बैंकको साधारण सभा सम्पन्न, सेयरधनीलाई १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित

  २०७७ पुष २९ गते १८:५०     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज (पुस २९ गते आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले आज अनलाइन (भर्चुअल) माध्यमबाट सभा सम्पन्न गरेको हो ।

उक्त सभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । यससँगै १३ अर्ब ९८ करोड रुपैयाँ रहेको बैंककाे चुक्ता पुँजी १५ प्रतिशत बोनस पछि बढेर १६ अर्ब रुपैयाँ नाघ्ने छ ।

बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल विस्तार गर्दै आपना सेयरधनीलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको जानकारी गराएकाे छ ।

सम्बन्धित समाचार

प्राइम बैंकले घाेषणा गर्याे गत आर्थिक वर्षको लाभांश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.