प्राइम बैंकले घाेषणा गर्याे गत आर्थिक वर्षको लाभांश

  २०७७ पुष ६ गते १०:५९     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बाेनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १६ अर्ब रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.