फलामजन्य सामग्रीको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति गठन

  २०७७ पुष २८ गते १६:४६     विकासन्युज

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघले फलामजन्य सामग्रीमा भएको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति गठन गरेको छ । महासंघका प्रथम अध्यक्ष ठूलो बाबु श्रेष्ठको संयोजकत्वमा महासंघले समिति गठन गरेर मूल्यवृद्धि सम्बन्धि अध्ययन गर्ने बताइएको हो ।

अत्याधिक रुपमा फलामजन्य सामग्रीका मूल्यवृद्धिको बारेमा जानकारी गराउनको लागि महासंघले मंगलबार राखेको अन्र्तक्रिया कार्यक्रमममा अध्ययन समिति गठन भएको बताइएको हो । सो समितिले अब बजारमा भएको अत्याधिक मूल्यवृद्धिको अध्ययन गर्नेछ ।

विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण ठप्प भएको व्यवसाय सुरु भएको केही समयमै फेरि फलामजन्य वस्तुमा मूल्यवृद्धि हुँदा व्यवसायी मात्र होइन उपभोक्ताहरु नै मारमा परेको ग्रिल स्टिल वयवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।
उनका अनुसार अहिले निर्माण सामाग्रीहरुको मूल्य वृद्धि हुँदा व्यवसाय नै धरायशी हुने अवस्थामा पुगेको छ ।

‘निर्माण सामग्रीमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्धिले व्यवसायी र उपभोक्ताबिचको सम्बन्धमा दरार आएको छ, हामीले हाम्रा ग्राहकहरुलाई मूल्यवृद्धिको कारण दिन पनि सकेका छैनौं, निर्माण सामग्रीमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्धिको कारण खोज्न नै हामीले समिति खडा गरेका हौं,’ उनले भने ।

उनका अनुसार यसअघि ६०/ ७० रुपैयाँ पर्ने स्टील अहिले १०५ रुपैयाँसम्म पर्ने गरेको छ । उनले सरकारले पनि यसतर्फ कुनै ध्यान नदिएको आरोप लगाए । एउटै वस्तुमा पहिले र अहिले ३ हजार रुपैयाँसम्म फरक पर्ने गरेको उनको भनाई छ ।

महासंघका प्रथम उपाध्यक्ष तथा अध्ययन समितिका संयोजक ठूलो बाबु श्रेष्ठले अध्ययन समितिले अनुगमन तथा अध्ययन गर्दा अन्र्राष्ट्रिय स्तरमा तेल इन्धन र डलरको मूल्यले नेपाली उत्पादनमा पार्ने प्रभाव, फलामजन्य सामग्रीको आयात हुने देश र नेपाली उत्पादनसँगको अन्तरसम्बन्ध, मूल्य समायोजन सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड र यसको वैज्ञानिकता, फलामजन्य सामग्रीको मूलय पारदर्शीता र एकरुपतालगायतका विषयमा अध्ययन गर्ने बताए ।

महासंघले आज विभिन्न जिल्ला, संघ, क्षेत्र, ईकाईमा आवद्ध ग्रिल तथा स्टिल व्यवसायी, महासंघकै प्रतिनिधि र विभिन्न उद्योगका प्रतिनिधिहरुबीच अन्र्तक्रिया कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.