समाजसेवी प्रधान बने चन्द्रागिरी हिरो, कुलमान घिसिङसहित ५ जनाले पाए ‘नेशनल क्रिएटिभ्स अवार्ड’

  २०७७ पुष २८ गते १०:१७     विकासन्युज

काठमाडौं । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरी हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याए बापत उनलाई सो सम्मान अर्पण गरिएको हो ।

दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरी हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेका हुन् ।“सम्मानले आफूलाई अगामी दिनमा समाजसेवामा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।” युवा व्यवसायी समेत रहेका प्रधानले कार्यक्रममा भने ।

कार्यक्रममा ‘प्लेयर अफ दि इयर २०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भएका थिए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.