कोरोना महामारीमा बुद्ध एयरले गुमायो साढे ३ अर्ब, अन्य १६ वायुसेवा कम्पनीको नोक्सान कति ?

  २०७७ पुष २५ गते १०:००     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा नेपाली वायुसेवा कम्पनीहरुले साढे १७ अर्ब रुपैयाँ नोक्सान व्यहोरेका छन् । लकडाउनको समयमा ग्राउण्डेड अवस्थामै रहेका हवाई सेवा कम्पनीहरुले १७ अर्ब ५० करोड रुपैयाँ नोक्सान व्यहोरेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

सोे समयावधिमा पर्यटन क्षेत्र ठप्प नै भएको थियो । सबैभन्दा ठूलो नोक्सान वायुसेवा कम्पनीहरुको भएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार वायु सेवा कम्पनीहरुले हालसम्म १७ अर्ब ५० करोड रुपैयाँ नोक्सान व्यहोरेका छन् ।

उनका अनुसार हालसम्म सबैभन्दा बढी नोक्सान बुद्ध एयरको भएको छ । बुद्ध एयरको ३ अर्ब ६० करोड रुपैयाँ नोक्सान भएको छ । यस्तै दोस्रोमा श्री एयरलाइन्सको भएको छ । सोही अवधिमा श्री एयरलाइन्सको २ अर्ब रुपैयाँ नोक्सान भएको छ ।

यस्तै, यति एयरलाइन्सको १ अर्ब ५० करोड रुपैयाँ, सिम्रीक एयरको ८५ करोड, मनाङ एयरको ३५ करोड, कैलाश हेलिकप्टरको ३४ करोड,एयर डिनास्टी र मोउन्टेन हेलिकप्टरको ३०/३० करोड, फिस्टेल एयरको २७ करोड, हेली एभरेष्ट र अल्टिच्युड एयरको २५/२५ करोड, सिम्रिक एयरलाइन्सको २० करोड, प्रभु हेलिकप्टरको १० करोड, समिट एयरको ११ करोड, सिता एयरको १५ करोड र सौर्य एयरलाइनसको ५ करोड रुपैयाँ नोक्सान भएको छ ।

कुन वायु सेवा कम्पनीकाे नाेक्सान कति  ?

रु कराेडमा

आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदूरलगायतको पीडा उत्तिकै छ । कोभिडको मख्य प्रभाव पर्यटन क्षेत्रमा परेको छ । पर्यटन क्षेत्रमा २ लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । हाल पर्यटन क्षेत्रमा १ खर्ब ५३ अर्ब रूपैयाँको लगानी छ । यो निजी क्षेत्रको मात्रै लगानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.