नमोबुद्धमा घुम्ती बाली शिविर, किसानहरुलाई रोगको पहिचान तथा उपचार विधिबारे ज्ञान प्रदान

  २०७७ पुष २२ गते २१:०६     सन्तोष तिमल्सिना

नमोबुद्ध । काभ्रेको भकुण्डेबेशीमा घुम्ती बाली उपचार शिविर संचालन भएको छ । नमोबुद्ध नगरपालिकाका स्थानीय कृषकहरु उत्पादन गरेका तरकारी बालीमा देखिएका समस्याहरुको पहिचान गरी समस्याको निराकरण गर्ने उद्देश्यले घुम्ती बाली शिविर संचालन गरिएको हो ।

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भकुण्डे सेवा कार्यालयको आयोजनामा संचालित एक दिने निःशुल्क घुम्ती बाली उपचार शिविरमा स्थानीय किसानहरुले आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी तथा बालीहरुमा देखापरेका रोगको परिक्षण गराएका थिए ।

शिविरमा नमोबुद्ध नगरपालिकाको कानपुर, जोरसल्ला, दाप्चा, भकुण्डे, चरङ्गेफेदी, दाहालडाँडा, चरुवा, काफ्लेथोक लगायतका स्थानबाट ६० जना भन्दा बढी किसानहरुले बाली परिक्षण गराएका थिए । शिविरमा संकलित बाली तथा तरकारीहरुमा गोलभेठाको फलमा गभारो, काउलीमा लाई किरा, गोलभेडामा अगौटे डढुवा, टुटा, सुन्तलामा फल कुहाउने औंसा, प्याजमा डडुवा, आलुमा खुम्रे किराको प्रकोप जस्ता रोगहरु देखा परेको शिविरमा संलग्न कृषी प्राविधिकहरुले बताए ।

किसानहरुद्वारा उत्पादित काउली, स्कुस, लसुन, आलु, प्याज, गोलभेडा, सिमी, सुन्तला लगायतका तरकारी तथा फलफुलहरुको परिक्षण गरी किसानहरुलाई रोगका लक्षणहरु, रोकथामको उपायहरुका बारेमा जानकारी गराएको विन्धवासिनी साकोसका कृषी प्राविधिक सुनिल थापा मगरले जानकारी दिए ।

कृषी व्यासाय प्रववद्र्धनका लागि सहुलित दरमा कर्जा प्रवाह गर्दै आएको विन्धवासिनी साकोसले कृषी ब्यावसाय मार्फत आयआर्जन बृद्धि गरी किसानहरुको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरु संचालन गर्दै आएको विन्धवासिनी साकोस भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठले बताए । संस्थाका शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी यसै बर्षदेखी रोशी गाँउपालिकासंग समन्वय गरी ब्याज अनुदानमा कृषी कर्जा लगानी गरिएको कार्यालय ब्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.