एभरेष्ट इन्स्योरेन्स र पठाओबीच सबै ग्राहक तथा राइडरको बीमा गर्ने सम्झौता

  २०७७ पुष ९ गते १२:१२     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बीमा गर्ने भएको छ । बिहिबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बीमा सम्झौता भएको हो ।

योसँगै अब यस एप मार्फत गाडीमा चढेका र चलाउनेहरुको कुनै पनि कारण बसर दुर्घटना वा अन्य क्षति भएमा ५ लाखसम्मको बीमा गरीएको कम्पनीले जनाएको छ । पठाओ एप प्रयोग गर्ने सम्पुर्ण ग्राहकले यस सुविधा पाउने कम्पनी क्षत्रिय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

यसका लागि ग्राहक तथा राइडरले दुर्घटना भएको ३० दिनभित्रमा कम्पनीलाई आवश्यक कागजात बुझाउनुपर्नेछ । यसरी राइड सेयर एप संचालन गरीरहेका कम्पनीमध्ये यसरी बिमा सेवा ल्याउने पठाओ पहिलो कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.