सिटिजन्स बैंकले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

  २०७७ पुष ८ गते १६:३१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिला उद्यमी महासंघ नेपालका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बुधबार बैंक र महास‌ंघबीच महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झाैता भएकाे हाे ।

बैंकले महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गर्ने जनाएकाे छ । महिला उद्यमशिलताको विकाशको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।

बैंकले देशै भरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.