मितेरी डेभलपमेन्ट बैंक वार्षिक साधारणसभामा जाँदै, पुस १४ गतेदेखि बुक क्लोज

  २०७७ पुष ६ गते १०:२८     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक आगामी पुस २७ गते वार्षिक साधारणसभामा जाँदै छ । बैंकले गत आर्थिक वर्षको लाभांश पारित गर्न सो दिन आफ्नो १५औं वार्षिक साधारणसभा बोलाएको हो ।

उक्त सभाले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको थियो ।

सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.