पोखरा फाइनान्स घटायो लाभांशदर

  २०७७ पुष ५ गते २०:५५     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०६६/७७ को नाफाबाट सेयरधनीलाई ५.०२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । फाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १४.२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जुन प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.