कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मलाई कर्जा प्रवाह

  २०७७ पुष ५ गते ९:१८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मले कर्जा पाउने भएका छन् । बैंकले करीब २ अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म स्थापना गर्न लागेको जनकपुर एग्रो फार्मलाई कर्जा प्रवाह गर्ने भएको हो ।

जनकपुर एग्रो फार्मले बायो ग्यास अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित उक्त फार्म स्थापना गर्न लागेको हो ।

जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा अन्तर्गत नेपाल बैंकसहितको कर्जा प्रवाहका लागि तीन कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौता कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमा प्रसाद अर्याल समेतको उपस्थितिमा भएको हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबु काजी थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कर्जा लगानीबाट जनकपुर धनुषाधाम लगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयत प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.