बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट पाउने

  २०७७ पुष १ गते २०:२९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याबबीच बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब, रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.