स्टप ग्य्राबको एप डाउनलोड गर्दा आईफोन १२ पाइने

  २०७७ पुष १ गते १५:१८     विकासन्युज

काठमाडौं । स्टप ग्य्राबले आजदेखि एण्ड्रोइड तथा आईओएस प्लेटफर्ममा आफ्नो एप सार्वजनिक गरेको छ । उक्त एप मार्फत ग्राहकले ५०० भन्दा बढी बिक्रेताबाट सुर्वसुलभ रुपमा सामान खरिद गर्न सक्नेछन् । यसबाट विभिन्न लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरी, कस्मेटिक तथा विभिन्न भेराइटीका गुणस्तरीय सामग्रीहरु खरिद गर्न सक्ने छन् ।

यो एप सार्वजनिक गरेको उपलक्ष्यमा स्टप ग्य्राबले मिति डिसेम्बर २४, २०२० सम्म डाउनलोड र रजिष्टर गर्ने ग्राहकहरु मध्ये एक भाग्यशाली ग्राहकलाई आईफोन १२ पुरस्कार दिने घोषणा गरेका छ ।

साथै मिति डिसेम्बर २४, २०२० देखि जनवरी १, २०२१ सम्म विभिन्न बैंकहरुको डेविट तथा क्रडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशत सम्म क्यास व्याक तथा क्यास खरिदमा ८० प्रतिशतसम्मको छुट पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.