बेष्ट फाइनान्सको सीईओमा उमेश सिंह भण्डारी नियुक्त

  २०७७ पुष १ गते १३:५४     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् ।

यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ् क्षेत्रकाे राम्राे अनुभब बटुलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.