डिशहोमकाे याेजना अन्तर्गत दुई जनाले पाए एक/एक लाख रूपैयाँ

  २०७७ मंसिर २९ गते १८:१२     विकासन्युज

काठमाडाैं । ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना अन्तर्गत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल मंसिर १९ गते देखि मंसिर २५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस १ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत मंसिर २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको सीएएस आईडी नं. ७१९११०९७४१९, ७१९०२४६५४५० बिजेता बन्न सफल भएका छन् ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइभ लक्की ड्र २०७७ साल ३ गते शुक्रबार साँझ ५ बजे शोकेस १ च्यानल नं. १०१ र रमाईलो टिभीमा हुने जानकारी गराउँदछौ । २०७७ साल मंसिर २६ गते शुक्रबार देखि २ गते बिहिबारसम्म डिशहोमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफर सेवाबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ३ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ । साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.