उद्योग वाणिज्य संघ-चितवनमा होटल व्यवस्थापन तालिम शुरु

  २०७७ मंसिर २८ गते १८:५०     विकासन्युज

चितवन । उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा आज देखी होटल व्यवस्थापन एवम् कुकिङ तालिम शुरु भएको छ । उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा सञ्चालन हुन लागेको उक्त तालिमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले कोभिड-१९ का कारण बढि प्रभावित भएको क्षेत्र मध्ये होटल व्यवसाय एक भएकोले यस व्यवसायलाई पुर्ववस्थामा ल्यानमा सहयोग पुर्याउनका लागि तालिमको आयोजना गरिएको बताए ।

कार्यक्रममा श्रेष्ठले होटल व्यवस्थापन मानवीय सेवासंग सम्बन्धित भएकोले यो अत्यन्तै संवेदनशील र व्यवसायीक हिसावले महत्वपूर्ण मानिने बताउंदै तालिमले सो सम्बन्धमा सहयोग पुर्याउने आशा व्यक्त गरे । सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य एवम् तालिम व्यवस्थापन समितिका संयोजक योगिता पियाले ग्राहकको सन्तुष्टिनै होटल व्यवसायीको सफलताको कडि मानिने भएकोले सन्तुष्टि दिनका लागि खानाको स्वाद लगायत सेवा दिने सिप र प्रस्तुतीकरणले महत्व राख्ने हुंदा व्यवसायीले यस वारेमा ध्यान दिनुपर्ने बताए ।

होटल व्यवसायीहरुलाई लक्षित गरि आयोजना गरिएको २ हप्ते तालिममा होटल व्यवसाय गर्ने २५ जना व्यवसायीहरुको सहभागिता रहेको उद्योग वाणिज्य संघ-चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका दित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक सुदिप भट्ट लगायतले मत्तब्य राखेका थिए । २ हप्तासम्म सञ्चालन हुने उक्त कार्यक्रममा सुदिप भट्ट र सुमन अधिकारी प्रशिक्षक रहेका छन् । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.