दराज १२.१२ मा सिम टिभी र डिशहोमको सहकार्य

  २०७७ मंसिर २८ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिम टिभीबीच सहकार्य सुरु भएको छ । दराजले आफ्नो वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो ।

यो अभियान मंसिर २७ बाट सुरु भएर पुस ३ सम्म सञ्चालन हुनेछ । ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टिभीसँग सहकार्य गरेको हो । यस अभियानमा सहभागी भई अनलाइनमार्फत डिशहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले १२ प्रतिशतसम्म छुट पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.