लोकसेवा आयोगले माग्यो ३ सय ६० जना अधिकृत

  २०७७ मंसिर २४ गते १०:०७     विकासन्युज

काठमाडौं । सरकारी सेवामा जागिर खोज्नेहरुका लागि अवसर आएको छ । लोकसेवा आयोगले विभिन्न सेवाका लागि ३ सय ६० जना अधिकृत पदमा दरखास्त आव्हान गरेको छ ।

आयोगले बुधबार सार्वजनिक सुचना प्रकाशित गरी सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो ।

आयोगका अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलाबाट ६७ जना, महिलाबाट १८ जना, आदिवासी जनजातिबाट १४ जना, मधेसीबाट ११ जना, दलितबाट ६ जना, अपांग र पिछडिएको क्षेत्रबाट २/२ जना अधिकृतको लागि दरखास्त आव्हान गरिएको हो ।

सामान्य प्रशासनतर्फ खुल्लाबाट ४४ जना, लेखामा ३४ जना, राजश्वमा ४१ जना, लेखापरीक्षणमा १२ जना र परराष्ट्र सेवाका लागि एकजना अधिकृत माग गरिएको छ ।

महिलाका लागि प्रशासनतर्फ १२ जना, लेखामा ९ जना, राजश्वमा ११ जना, लेखापरीक्षणमा २ जना माग गरिएको छ । आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८ जना, राजश्वमा ९ जना र लेखापरीक्षणमा २ जना अधिकृत माग गरिएको छ ।

मधेसी कोटामा प्रशासनमा ८ जना, लेखा ६ जना, राजश्व ८ जना, लेखापरीक्षणमा २ जना र परराष्ट्रमा १ जना अधिकृत मागिएको छ । आयोगले दलित कोटामा सामान्य प्रशासनमा ३ जना, लेखामा २ जना, राजश्वमा २ जना र लेखापरीक्षणमा १ जना अधिकृत मागिएको छ । अपांगता भएकाहरुका लागि प्रशासनमा २ जना, लेखामा २ जना, राजश्वमा २ जना र लेखापरीक्षणमा एक जना माग गरिएको छ ।

यस्तै, पिछडिएको क्षेत्रका लागि प्रशासनमा २ जना, लेखामा १ जना र राजश्वमा २ जना अधिकृत मागिएको छ ।

फाराम भर्ने म्याद पुस १४ गतेसम्म र दोब्बदर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख गरिएको छ । आवेदन दस्तुर १ हजार रुपैयाँ छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले प्रत्येक समुहको लागि ४ सय रुपैयाँ थप बुझाउनु पर्नेछ । आवेदन गर्नेहरुको न्यूनमत शैक्षिक योग्यता कम्तिमा पनि स्नातक तहसम्मको अध्ययन पूरा गरेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.