काठमाडाैंकी नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

  २०७७ मंसिर २१ गते ९:२८     विकासन्युज

तस्बिर- हिडन ट्रेजर

काठमाडाैं । काठमाडाैंकी नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० काे उपाधी जितेकी छिन् । श्रेष्ठले शनिबार पार्क भिलेज रिसाेर्टमा आयोजना भएकाे मिस नेपाल वर्ल्ड २०२० काे उपाधी जितेकी हुन् ।

श्रेष्ठलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराइन् । उनले यसअघि २०१६ काे मिस नेपालमा पनि भाग लिएकी थिइन् ।

यस्तै, यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजिया, ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठ र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.