सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै, अधिकृत विक्रेतामा मोटर्स प्राइभेट नियुक्त

  २०७७ मंसिर १८ गते १७:४९     विकासन्युज

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लि. ले सन् २०२१ मा सिट्रोन एसयूभी नेपाली बजारमा ल्याउँदै छ । सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुमध्ये साँग्रिला मोटर्सले  सिट्रोन एसयूभी बजारमा ल्याउने भएकाे हाे ।

ग्रुप पीएसए, फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त नियुक्त सम्बन्धी सम्झौतामा साँग्रिला मोटर्स प्रा.लि. का निर्देशक हेमन्त गोल्छा र ग्रुप पीएसएको उपाध्यक्ष अर्नाउड डचेमिनले हस्ताक्षर गरेका हुन् ।

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ ।

सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरुमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी-भ्यान र एसयू भी बहु चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.