माछापुच्छ्रे बैंकले एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालका सदस्यलाई सहुलियत कर्जा दिने

  २०७७ मंसिर १८ गते १६:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बुधबार एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष वद्री प्रसाद दाहाल तथा बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख सुभाष जमरकट्टेल बीच सहुलियत कर्जा प्रदान गर्ने सम्झाैता भएकाे हाे । ।

सम्झौता पश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम १ लाख देखि अधिकतम १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ ।

साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड-१९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामोसमय देखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्धेश्यले बैंकले उक्त सम्झौता गरेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.