छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश वितरण गर्ने

  २०७७ मंसिर १८ गते ११:२९     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव राखेको हो । संंस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनस र ७ प्रतिशत नगद(बोनस र नगदमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनस पछि एक अर्ब ८३ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आवको भन्दा थोरै हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ४४.३२ लाभांश (२७.११ प्रतिशत बोनस र १७.२१ प्रतिशत नगद) वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.