३ दिनसम्म काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आयुर्वेद हेल्थ होम

  २०७७ मंसिर १७ गते १५:३३     विकासन्युज

काठमाडौं । आयुर्वेद हेल्थ होमले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।  स्वास्थ्य शिविरमा निम्न स्वास्थ्य समस्याहरुको विशेषज्ञ डाक्टरहरुले विशेष परामर्श दिने जानकारी कम्पनीले दिएको छ ।

शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेग परामर्श लिन पाउने कम्पनिले जनाएकाे छ ।

यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि शिविरमा परामर्श लिन पाउनेछन् ।

शिविरमा आयुर्वेद उपचारमा अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा. संगिता महर्जन, डा.व्योम कोइराला, तथा डाक्टरहरु डा.रुमी तण्डुकार, डा.सबिना खड्का, डा.ऋषभ कोइरालाले स्वास्थ्य परीक्षण गर्नेछन् ।

कम्पनीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनबाट निर्देशित सावधानी र अत्यावश्यक सुरक्षाका विधिहरु पालना गरी शिविर आयोजना गर्न लागेको हो ।

आयुर्वेद हेल्थ होम प्रालिले विगत २० वर्षदेखि शरीर, इन्द्रियहरु, मन एवम् पञ्चकर्म र योग उपचारका विविध उपक्रमहरुबाट १२२ देशका नागरिकलाई आयुर्वेद उपचारको सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.