अब लक्ष्मी हुण्डाईकाे गाडी अनलाइन मार्फत किन्न सकिने

  २०७७ मंसिर १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल कोभिड–१९ को बद्लीदों परिस्थितीलाई सहज बनाउनको लागि ‘किल्क टु बाइ’ सेवाकाे सुरुवात गरेकाे छ ।  यस माध्यम मार्फत ग्राहकहरुले सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडी खरिद गर्न सक्नेछन् ।

लक्ष्मी हुण्डाईले हाल कोभिड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेभसाईटबाट “किल्क टु बाइ” सेवाको सुरुवात गरेका जनाएकाे छ ।

यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै “किल्क टु बाइ” पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् । येसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइन मार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्ने कम्पनीले जनाएकाे छ ।

ग्राहकहरुले  “किल्क टु बाइ” प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा कम्पनिले १ लाखसम्मको सर्भिस भौचर प्रदान गर्नेछ । ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस्रल्युबरीकेन्टस्को खरिदमा प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुलाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट १ वर्षसम्म रहनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.