मंगलबार ५०० ले बढ्याे सुनकाे मूल्य

  २०७७ मंसिर १६ गते ११:११     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य ५ सयले बढेकाे छ । साेमबार प्रतितोला ९० हजार रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार ताेलाकाे ९० हजार पाँच सय पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । साेमबार ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ५५० ले बढेर ९० हजार पचास रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेर प्रतितोला ११५५ रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.