एलआईसी नेपालको जीवन बीमा कोषमा ७० अर्ब ७३ करोड, यस्ता छन् १५ महिनाका प्रमुख सुचकहरु

  २०७७ मंसिर १२ गते ११:०३     नबिन पाेखरेल

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्म) मा एलआईसी नेपालले ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब १७ करोड रुपैयाँ मात्र खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २ करोड ३६ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एलआईसीको आम्दानी ९ करोड ८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा एलआईसीको आम्दानी ७ करोड १५ लाख रुपैयाँ मात्रै थियो ।

चालु आर्थिक वर्षमा एलआइसीको खर्च ३ करोड २९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा खर्च ४ करोड ७८ लाख रुपैयाँ थियो ।

हाल एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ५७ करोड ६२ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा भने कम्पनीको ७० अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

आगामी रणनीति

कम्पनी व्यवस्थापनका अनुसार तीब्र प्रतिस्पर्धात्मक बीमा बजारमा कम्पनीले आफ्नो उच्चस्तर कायम राख्न दक्ष जनशक्ति अभाव आन्तरिक समस्या तथा चुनौतिको हो ।

कम्पनीले निर्धारण गरेको स्तरलाई कायम राख्न कार्यरत कर्मचारीहरु तथा फिल्ड फोर्सलाई निरन्तर रुपले बीमा सम्बन्धी तालिमहरु उपलब्ध गर्दै आएको जानकारी दिएको छ । ऋण र निक्षेपको व्याजदरमा भएको घटबढबाट उत्पन्न जोखिमलाई कम्पनीले बाह्य समस्या तथा चुनौतीको रुपमा लिएको छ ।

कम्पनीले हमेसा उच्च व्याजदर प्रदान गर्ने मजबुत बैंक तथा वित्तीय संस्थासँग मात्र निक्षेप लगानी गर्ने रणनीति लिएको बताएको छ । एलआईसी नेपालको व्यवस्थापकीय नेतृत्वको जिम्मेवारी लक्ष्मीप्रसाद दासले संहालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.