अख्तियारका पूर्वआयुक्त पाठकलाई घुस दिने न्यौपाने पक्राउ

<p>काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने व्यक्ति पक्राउ परेका छन् । पाठकलाई ७० लाख दिएको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका हुन् । गठी मुद्दा लागेको उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो काठमाडौंको चण्डोलबाट पक्राउ परेको हो । नेपाल इन्जिनियरिङ कलेजले न्यौपानेविरुद्ध प्रहरीमा [&hellip;]</p>

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने व्यक्ति पक्राउ परेका छन् । पाठकलाई ७० लाख दिएको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका हुन् ।

गठी मुद्दा लागेको उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो काठमाडौंको चण्डोलबाट पक्राउ परेको हो ।

नेपाल इन्जिनियरिङ कलेजले न्यौपानेविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनीविरुद्ध ३१ करोडभन्दा बढी ठगीको मुद्दा छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।

Share News