ज्योति विकास बैंककाे खातालाई खल्ती वालेटमा लिंक गर्दा बाेनस पाइने

  २०७७ मंसिर १० गते १७:०१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने छ।

ग्राहकले ज्योति विकास बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् । यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ । ज्योति विकासको बैंक खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिंग सुविधा भने लिएको हुनुपर्छ ।

ज्योति विकास बैंकमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी सहज साथै सरल गर्नु हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथै, भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत पनि सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छन् । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.