अर्थमन्त्री पौडेलः बालुवाटार-खुमलटार-भैँसेपाटीमै बित्छ दैनिकी

  २०७७ मंसिर ३ गते १२:००     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण देशको अर्थतन्त्र चौपट छ । सर्वसाधारण नागरिक दिनप्रतिदन के लाऔं र के खाऔं भन्ने अवस्थामा पुगेका छन् । सरकारले ती गरिब नागरिकहरुलाई न राहत ल्याउने प्रयास गरेको छ नत उनीहरुका समस्याहरु बुझ्नै चेष्टा नै ।

यो विषम परिस्थितीमा देशको अर्थमन्त्रीको ठूलो भूमिका र सक्रियता हुन पर्ने हो । तर, नेपालको हकमा र नेपालको अर्थान्त्रीको हकमा भने त्यो परिपाटी र अभ्यास अहिलेसम्म देखिएको छैन ।

कोरोना भाइरसकै कारण ५/६ महिना भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाको समयमा नेपालका अर्थमन्त्री थिए डा. युवराज खतिवडा । कोरोना महामारीकै बिचमा पदमुक्त भएका खतिवडाले जनाताको मन जित्न सकेनन् । उल्टै उनले भारी माथि पनि भारी बिसाएर बाहिरिए ।

विभिन्न क्षेत्रमा करको भारी बोकाएर उनी बाहिरिए । यसैबिचमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेल भित्रिएका छन् । पाैडेल अर्थमन्त्री भएको पनि १ महिना बितिसकेको छ । अर्थमन्त्री पौडेलले यो समायावधिमा खतिवडाले गरेका धरै निर्णयहरु उल्ट्याए पनि ।

डा. खतिवडाले ल्याएका केही नीतिहरु उल्ट्याएर पौडेलले कोरोना भाइरसले शिथिल पारेको अर्थतन्त्रको पुनरुत्थानका लागि केही भूमिका खेल्छन् कि भन्ने आशा पनि नजोगाएको होइन । उनी प्रति अहिले पनि धेरैले केही गर्छन् कि भन्ने अपेक्षा पनि राखेका छन् ।

यस्तो विषय परिस्थितीमा जुनसुकै अर्थमन्त्रीको पनि सबैभन्दा बढी भूमिका हुन्छ । देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनको लागि नागरिकलका लागि राहत तथा प्याकेजहरु ल्याएर समस्यामा परेका नागरिकको घाउमा मल्हम लगाउने काम अर्थमन्त्रीले गर्न सक्नु पर्छ । यही अभ्यास अधिकांश देशका अर्थमन्त्रीहरुले गरिरहेका छन् ।

तर, नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलेको पछिल्लो समय भने पार्टी समिकरण मिलाउनमै मै बित्ने गरेको छ । आजभोलि उनको दैनिकी बालुवाटार र खुमलटार र भैंसेपाटीमै बित्ने गरेको छ । हिजो मात्रै उनले विभिन्न शिर्ष नेताहरुसँग भटर्वार्ता गरेका छन् । हिजो उनले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटर्वार्ता गरे ।

अर्थमन्त्री पौडेलले बिहानै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका थिए । उनीसँग भेटे लगत्तै उनको सन्देश लिएर उनी दिउँसो १ बजे अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई भट्न खुमलटार पुगेका थिए ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पार्टी भित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको थियो । त्यो साँझै फेरि पौडेल उपाध्यक्ष वामदेव गौतमलाई फकाउन गौतम निवास भैँसेपाटीमा पुगे।

पौडेलले साँझ ५ः१० बजेबाट झण्डै २५ मिनेट गौतमसँग भेटर्वार्ता गरिएको बुझिएको छ । कुनै पनि व्यक्ति सार्वजनिक पद धारण गरिसकेपछि खुलेयाम रुपमा गुट–उपगुट बनाएर लाग्नु उसको नैतिकताले मान्दैन । तर, अर्थमन्त्री पौडेल हकमा भने त्यो नैतिकता हराएको छ । उनी पछिल्लो समय सक्रिय भएर पार्टी मिलान दौरानमा होमिएका छन् ।

पछिल्लो समय अर्थात कात्तिक २८ गते उनले नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भोन क्यापेलरबीच भेटवार्ता गरेका थिए । त्यसयता उनको दैनिकी देशको आर्थिक विकास गतिविधिभन्दा पनि पार्टीको समिकरण मिलाउन र असन्तुष्ट पक्षलाई फकाउनमै बित्ने गरेको छ ।

शुक्रबारको सचिवालय बैठकमा केपी ओलीको पत्र, त्यसको जवाफमा प्रचण्डको प्रत्युुत्तर पत्र र सचिवालय बैठकमा केपी ओलीमाथि थप आरोपहरु लगाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावका कारण नेकपाभित्रको अन्तरविरोध निकै उत्कर्षमा पुगेको छ । त्यसको मध्यस्तकर्ताको रुपमा काम गरिहरेका छन् अर्थमन्त्री पौडेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.