यस्तो छ राष्ट्रपति जो बिडेनको ‘इकोनोमिक प्लान’

  २०७७ मंसिर २ गते १७:००     विकासन्युज

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बिडेनले कोरोनाको प्रभाव र देशको प्रगतिबाट मुक्त हुने आफ्नो आर्थिक योजनाको खुलासा गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न कार्यक्रममा उपस्थित जनाउने बाडनले त्यहाँ आफ्ना इकोनोमिक प्लानहरु पनि बताउँदै आएका छन् ।

उनले अब आफ्नो सम्पूर्ण काम र ध्यान सफा स्वच्छ उर्जा, रोजगारी उत्पादन र नयाँ प्रविधिमा लगानी गर्ने योजना रहेको बताउँदै आएका छन् ।

यस्तै, उनले सोमबार आफ्नो आर्थिक योजना अमेरिकारका व्यापारिक व्यक्ति अर्थात ट्रेड युनियन नेताहरूसँग राखेका छन् । उनले उनीहरुसँग भिडियो कन्फरेन्समा आफ्ना सम्पूर्ण योजनाहरु बताएका छन् ।

उनले अब आफूले कोरोना भाइरसले पारेको असर तथा प्रभावलाइै न्यूनिकरण गर्न पनि राहत तथा प्याकेजको व्यवस्था गर्ने बताएका छन् । जब हामी भाइरस रोक्छौं, कर्मचारी र कम्पनीहरूलाई वित्तीय राहत प्रदान गर्न थाल्छौं, अर्थतन्त्र पनि विस्तारै सुधारोन्मुख हुँदै जान्छ,’ उनले भनेका छन् ।

‘हामीहरू कसरी बलियो हुने अवसर पाउने बारेमा कुरा गर्छौं, हामी कसरी हाम्रो लड्ने क्षमता बढाउन सक्छौं? यस बारेमा मेरो सम्पूर्ण ध्यान जानेछ,’ उनले भने ।

उनले १.८६ करोड रोजगारी सिर्जना गर्ने उल्लेख गरेका छन् । ‘विद्युतीय सवारी साधनहरु हेर्नु पर्छ, हामी मौसमको बारेमा धेरै कुरा गर्छौं, संघीय सरकारले स्वच्छ ऊर्जा अनुसन्धानमा बढी लगानी गर्नु पर्छ,’ बिडेनले भनेका छन् ।

यस्तै उनले कर संरचना मिलाउने पनि संकेत गरेका छन् । ‘हामीले यो सुनिश्चित गर्नुपर्दछ कि हाम्रा बीचमा धनी मानिस र कम्पनीहरूले करमा योगदान गरुन्,हाम्रो योजनाले अमेरिकामा राम्रो रोजगारी सिर्जना गर्नेछ, उत्पादन बढ्नेछ, भविष्यका आवश्यकताहरू पूरा गर्न, उत्पादनहरू र प्रविधिहरू सिर्जना गर्न सहयोग पुग्नेछ, उनले भनेका छन् । एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.