सानिमा बैंकको प्रस्तावित लाभांश पारित

  २०७७ कार्तिक २८ गते १४:१४     विकासन्युज

काठमाडौं । सानिमा बैंकको प्रस्तावित १३.६० प्रतिशत लाभांश पारित भएको छ । आज( कार्तिक २८ गते) शुक्रबार सम्पन्न बैंकको १६औं साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश पाउने छन् ।

विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र सेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो । उक्त सभा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै, बैंकको कुल सम्पत्ति १ खर्ब २६ अर्ब रुपैयाँ, कुल निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी ९३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । जुन आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १९.३०, १२.२९, र १५.८१ प्रतिशतको वृद्धि हो ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.