सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  २०७७ कार्तिक २७ गते १९:१६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो ।

साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका-७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटीएमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.