सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

  २०७७ कार्तिक २७ गते ९:१९     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कूल १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.