मदन भण्डारी राजमार्ग दुई वर्षभित्र कालोपत्रे हुन्छ- मन्त्री भट्टराई

  २०७७ कार्तिक २५ गते २०:०८     विकासन्युज

फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले मदन भण्डारी राजमार्गलाई आगामी दुई वर्षभित्रमा कालोपत्रे गर्ने बताएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमअन्तर्गत आज मैवाखोला गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सो धारणा राखेका छन् ।

उहाँले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुआत गरिने बताए । मित्रराष्ट्र चीनसँग नौ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता भइसकेकाले तामोर कोरिडोरले तीव्रता पाउँदै जाने उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.