शुरू भयाे कोभिड-१९ विरुद्ध नागरिक अभियान, कहाँ कहाँ सञ्चालन हुन्छ ?

  २०७७ कार्तिक १९ गते १८:३४     विकासन्युज

काठमाडौं । कोभिड-१९ विरुद्ध नागरिक अभियानको बुधबार(कार्तिक १९ गतेदेखि) शुभारम्भ भएको छ । काठमाडौं उपत्यका लगायत मुलकभर तीव्र गतिमा कोभिड-१९ को महामारीको प्रकोपलाई न्यूनिकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उदेश्यले उक्त अभियानको शुरुवात गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नागार्जुन नगरपालिका नगरप्रमुख मोहन बहादुर बस्नेतले सरकारले महामारीलाई गम्भिरतापूर्वक लिएको बताउँदै स्थानीय श्रोत साधनले भ्याएसम्म जनतालाई अधिकतम सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, पेशागत संघसंगठनको यस प्रयासको उच्च सराहना गर्नुहुँदै सरकार सहकार्यका लागि सदैव तयार रहेको उनले बताए ।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिरहको अकल्पनिय परिस्थितिबाट निजी क्षेत्र अत्यन्त गम्भिर भएको र न्युनिकरण र रोकथामका लागि सक्रिय योगदान पुर्याइरहेको बताउँदै सबै पक्ष उत्तिकै जिम्मेवार एवंम् सम्वेदनशील भई अघि बढनुपर्नेमा जोड दिए । निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णपालना गरी व्यवसायिक क्रियाकलाप अगाडी बढाउन सम्पूर्ण व्यवसायिक क्षेत्रलाई आग्रह गर्दै आम सर्वसाधारणलाई समेत यसको पुर्ण पालनामा ध्यान दिन जोड दिएका छन् । साथै, उनले वर्तमान अवस्थालाई गम्भिरतापूर्वक नलिए स्थिति थप भयावह हुने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैगरी पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक प्रा.डा. शरद वन्तले मुलुकमा थप भयावह अवस्था आउन नदिन सरोकारवाला सवैको सहयोग र सहकार्यको अपरिहार्यतमा जोड दिँदै आमनागरिक समेत सुसुचित हुन आग्रह गरेका छन् । त्यसैगरी नेपाल जनस्वास्थ्य संघका अध्यक्ष श्रीकृष्ण भट्टले जनसाधारणलाई कोभिड १९ रोकथामका लागि सुरक्षा मापदण्डलाई दिगो र प्रभावकारी रुपमा लागु गर्न यस किसिमको महत्वपूर्ण कार्यको थालनी गरिएको बताए ।

यस अभियान स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरु परिचालन गरी उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरु तथा प्रमुख बजार र क्रमश यातायात क्षेत्र र अन्य व्यस्त कार्यालयहरुमा चरणवद्ध रुपमा संचालन गरिने छ ।  जुन राष्ट्रिय व्यवसायिक पहल(एनबीआई) को सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपालको समन्वयमा सञ्चालन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.