कैलाशधाम तिर्थस्थललाई ईन्भेष्टर क्लबद्धारा ५० हजार सहयोग

  २०७७ कार्तिक १३ गते १६:३१     विकासन्युज

कैलाली । कैलालीमा निर्माणाधिन कैलाशधाम तिर्थस्थललाई ईन्भेष्टर क्लबले ५० हजार आर्थिक सहयोग गरेको छ । बिहिबार एक कार्यक्रमका बीच कैलाशधाम तिर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मी राम रिमाललाई हस्तान्तरण गरिएको हो ।

धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको यस निर्माणाधिन तिर्थस्थलमा भक्क्तजनको उपस्थिती एवं सहभागिता आगामी दिनहरुमा उल्लेखनिय रहने समितिले जनाएकाे छ ।

ईन्भेष्टर क्लब एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो । यस ग्रुपले यस किसिमका सामाजिक उत्तरदायित्वको कार्यसंगै शेयरबजारका बारेमा जानकारी दिने, सुरक्षित लगानी कसरी गर्ने, जोखिम कसरी व्यवस्थापन गर्ने र एक सफल लगानीकर्ता कसरी बन्ने भन्ने बारेमा तालिम गराउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.