बिहिबार सुनकाे मूल्य ताेलाकाे १ हजारले घट्याे

  २०७७ कार्तिक १३ गते ११:१२     विकासन्युज

काठमाडाैं । बिहिबार सुनकाे मूल्य प्रतितोला एक हजारले घटेकाे छ । दशैंकाे कारण गएकाे शुक्रबारदेखि बन्द भएकाे बजारमा बिहिबार सुनकाे मूल्य एकैपटक १ हजारले घटेकाे हाे । गएकाे बिहिबार सुन प्रतितोला ९५ हजार ७ सयमा काेराेबार भएकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । गएकाे बिहिबार ९५ हजार २ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन बिहिबार प्रतितोला १ हजार घटेर ९४ हजार २ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ५० रुपैयाँले घटेर प्रतितोला ११८० रुपैयाँ पुगेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.