डा. बाबुराम भट्टराई र हिसिला यमीलाई काेराेना संक्रमण पुष्टि

  २०७७ कार्तिक ८ गते ९:५०     विकासन्युज

काठमाडाैं । डा. बाबुराम भट्टराई र हिसिला यमीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएकाे छ । डा. भट्टराईले सामाजिक संजाल मार्फत आफुहरुलाई संक्रमण देखिएकाे जानकारी दिएका हुन् ।

डा. भट्टराईले शनिबार बिहान ८:२९ बजे ट्वीट गर्दै शुक्रबार गरिएकाे परीक्षणमा पत्नी हिसिला यमी र आफुलाई काेभिड संक्रमण भएकाे जानकारी दिएका हुन् । उनले आफुहरु चिकित्सककाे सल्लाह अनुसार हाेम आइसेलेसनमा बसेका र केही दिनयता सम्पर्कमा आएका सबैलाई सचेत रहन अनुराेध  गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.