एनआईसी एशियाकाे मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिने

  २०७७ कार्तिक ५ गते १५:४४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ ।

यस याेजना अन्तर्गत दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने बैंकले जनाएकाे छ ।

यो योजना यस बैंकमा आवद्ध ग्राहकहरूलाई विजया दशमी टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिदिने बैंकले जनाएकाे छ ।

यस योजना अन्तर्गत माेबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले माेबैंक एपमा रहेको डिजिटल दक्षिणामा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कसमा दक्षिणा जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.