२०७७ कार्तिक ५ गते ११:२२ विकासन्युज
पोखरा । पोखरा फाइनान्सले रुपन्देहीको मणिग्राममा आज(कार्तिक ५ गते) देखि २२औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तारको निमित्त विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप मणिग्राम शाखा खोलेको हो ।
यस शाखा मार्फत् संस्थाले संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ्ग, सिआस्वा, आइपीएस, चेक क्लिअरिड्ड, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिएका छन् ।
पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ९१ करोड ७२ लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाको निक्षेप ८ अर्ब ३७ करोड रुपैयाँ तथा कर्जा लगानी ७ अर्ब २ करोड रुपैयाँ एवं जगेडा कोषमा ३१ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.