थप ३ हजार ९३ जनामा देखियाे कोरोना, ८ जनाको मृत्यु

  २०७७ कार्तिक ४ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। त्यस्तै, देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी गराएको छ । जसमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ८ रहेको छ । हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ सय ६५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १३ लाख १४ हजार ७ सय ७९ पीसीआर परीक्षण भएको छ ।

आज देशभर २ सय ७३ जना संक्रमितको आइसियुमा उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा ७८ जना रहको छन् । देशभर ४ हजार २ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.