कोरोनाको कारण रोकियो आउटबाउण्ड टुर प्याकेज, स्वदेशी पर्यटकीय स्थल प्राथमिकतामा

  २०७७ कार्तिक ४ गते १२:३४     सन्ताेष राेकाया

काठमाडौं । नेपाली ट्राभल एण्ड टुर एजेन्सीहरुले यो वर्ष आउबाउण्ड टुर प्याकेज नल्याएको बताएका छन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला ट्राभल एण्ड टुर एजेन्सीहरुले पनि दशैंमा विदेश घुम्नका लागि टुर प्याकेज नल्याएको बताएका हुन् ।

नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने (आउटबाउण्ड) टुरका नेपालीको संख्या बढ्दै जान थालेसँगै व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका थिए । पर्यटन व्यवसायीले नेपालबाट दशैंको समयमा विदेश घुम्न चाहने नेपालीको लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने र बजारीकरणलाई पनि बढाउन थालेका थिए ।

दशैंमा नेपालीहरुले लामो छुट्टी पाउँने र यही मौका छोपेर विदेश घुमघाम गर्ने शैंली बढ्दै गएको भएपनि यस पटक भने कोरोना भाइरसको कारण विदेश जाने मानिसहरुक कमी भएकोले टुर एण्ड ट्राभल्स एजेन्सीहहरुले प्याकममेज नल्याएको बताएका हुन् ।

विगत ५/६ वर्षदेखि विदेश घुम्न जाने नेपाली संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीको भनाई छ । तर, यो वर्ष भने मानिसहरुल्े विदेश घुम्न जान चाहिरहेका छैनन् ।

दशैंको समयमा नेपालीले लामो बिदा पाउने र चाडपर्वको समय भएकोले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको भएपनि यो वर्ष विदेश जानेहरु नभएको नेपाल टुर एण्ड ट्राभल्स एजेन्टसका अध्यक्ष अच्युत गुरागाईंले बताए । त्यसै कारण व्यवसायीले टुर प्याकेज नल्याएकोे उनको भनाई छ ।

हालसम्म नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकको तथ्यांक राख्ने गरेको छैन । तर, दशैं तिहारको समयमा धरै नेपाली विदेश घुम्नको लागि जाने गरेका छन् ।

विशेषगरी बाहिर घुमिरहने उच्च र मध्यम वर्गका परिवारका सदस्यको दशैं मनाउन विदेशतिर जाने संस्कृति बढेको गुरागार्इँ बताउँछन् ।

‘विगत केही वर्षयता नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएका कारण आउटबाउण्डको प्याकेज पनि सार्वजनिक हुन्थे तर, यो वर्ष कोरोना भाइरसको कारण कोही पनि विदेश जान पाएका छैनन्, त्यसैले पनि व्यवसायीले प्याकेज नल्याएका हुन्,’ उनले भने ।

आफन्त विदेशमा बस्नेसँगको भेटघाटको माहोल दशैंकै समयमा मिलाउने र परिवारका सदस्य छुट्टी मनाउन विदेशीले संस्कृति नेपालमा बढेको उनको भनाई छ ।

यो वर्ष दशैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपाली नभएपछि एजेन्सीहरुले प्याकेजहहरु पनि ल्याउन छोडेका छन् । अघिल्ला वर्षहरुमा नेपालीहरुले आउटबाउण्ड टुरका लागि १ लाखदेखि २÷३ लाख रुपैयाँ शुल्क तिर्नु पर्थयो ।

नेपाली टुर एण्ड ट्राभल कम्पनीहरुले विभिन्न देशहरुका लागि प्याकेज ल्याउने गर्दछन् । कम्पनीहरुले विशेष गरेर थाइल्याण्ड, मलेसिया सिंगापुर, इन्डोनेसियालगायतका देशहरुका लागि प्याकेज ल्याउने गरेका छन् ।

यस्तै, जापान, कोरिया, बेलायत, स्कटल्याड, अमेरिका देशहरु नेपालीक लागि आर्कषक गन्तव्य हुन् ।

नेपालबाट विदेशमा घुम्न जानु भनेको नेपालीले वर्षैंदेखि कमाएर बचाएको रकममा रमाइलो गर्न गर्ने घुमघाम नै भएको व्यवसायीहरु बताउँछन् । विदेश जान नपाएपछि यसपाली भने स्वदेशी पर्यटकीय स्थल भ्रमण प्राथमिकतामा पर्ने व्यवसायीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.